हल्दिबारी, १२ मंसिर । हल्दिबारी गाउँपालिका वडा नं. २ ले ४०९ जना किसानलाई आलुको विउ निःशुल्क वितरण सुरु गरेको छ ।

वडा अध्यक्ष शुकलाल राजवंशीका अनुसार वडाको सिलिङ्ग बजेट २ लाख १० हजार बराबरको २६ क्विन्टल आलुको विउ आजबाट वितरण गर्न शुरु गरिएको हो ।

गाउँपालिकाको निति अनुसार किसानलाई आत्मनिर्भर बनाउन साझेदारी कार्यक्रम अन्र्तगत १६९ किसानलाई तोरीको विउ र ६८ किसानलाई गहुँको विउ समेत वडाले वितरण गरि सकेको छ भने साग सव्जिमा आत्मनिर्भर बनाउन रायो, मुला, गाजर, सिवि जस्ता विउ विजन समेत निःशुल्क रुपमा किसानलाई वितरण गरिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिनु भयो ।

आलु वितरण कार्यक्रममा वडा सदस्यहरु रचना राई , गणेश कुमार मगर ,अम्बिका तोलाङ्गी , बिस्णु कुमार राई वडा सचीव मदन कुमार थापा लगायत पत्रकार समेतको उपस्थित रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार