झापा, १७ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माई खोलाबाट प्रहरीले तस्करी गरिएको करिब ४० क्युफिट सखुवा जातको अवैध काठ बरामद गरेको छ।
हिजो दिउँसो कन्काई माई खोलाले काठ बगाउँदै ल्याइरहेको सूचना पाएपछि अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले उक्त काठ फेला पारेको हो। बरामद काठको अनुमानित मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उक्त काठलाई थप कानुनी प्रक्रिया अघि बढाउन गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1