झापा , १७ मंसिर। झापाको हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय नविन राईको साइकल दुर्घटनामा घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

मंसिर ११ गते आइतबार राई साइकलबाट नालिमा लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो। थप उपचारका लागि B&C अस्पताल, बिर्तामोडमा भर्ना गरिएको थियो।

आज बिहान ११:४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
15
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार