हल्दीबारी गाउँपालिका ३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णु कुमारी तामाङले आफ्ना स्वर्गीय पूर्व पति राजकुमार तामाङको स्मृतीमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोषको स्थापना गरेकी छ्न् ।

स्वर्गीय राजकुमार तामाङ स्मृती सांस्कृतिक भेष–भुषा व्यवस्थापन प्रतिष्ठानको नाममा सिटिजन बैंकमा खाता संचालन हुनेगरी अक्षयकोषको स्थापना गरिएको तामाङले बताएकी छ्न ।

आज विद्यालयका तर्फबाट प्रधानाध्यापक रामप्रसाद घिमिरे र अध्यक्ष तामाङले अक्षय कोषको संचालन निर्देशिकामा हस्ताक्षर गर्दै सम्झौता समेत गरेको जनाइएको छ ।

विद्यालयले अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीलाई लोप हुदै गएको भेष–भुषा खरिद गरि सांस्कृतिक कार्यक्रममा प्रयोग गर्न सक्नेगरी अक्षयकोषको स्थापना गरिएको छ भने अक्षयकोष ब्यवस्थापन गर्न बिष्णु कुमारी तामाङ संयोजक, आशिष तामाङ सदस्य र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरि प्रतिष्ठानमा व्यवस्था मिलाइएको छ ।

लक्ष्मी माध्यमिक विद्यालयमा कार्यलय सहयोगीका रूपमा काम गरिरहेका तामाङको २०५० सालमा विद्यालय छेउको होलीमा डुबेर निधन भएको थियो ।

पारिवारिक सरसल्लाह अनुसार दोस्रो बिबाह गरेकी तामाङ समाजमा एक उदाहरणिय महिलनको रूपमा प्रस्तूत हुदैं स्वर्गीय पतिकको आमा, २ छोरा एक छोरीलाई स्याहार–सुसार देखि उच्च शिक्षा समेतको व्यवस्था मिलाउन सफल रहेकी छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
16
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार