हल्दिबारी, २१ मंसिर । झापाको हल्दिबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर हिजदेखि शुरु भएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविर आज वडा नम्बर ३ मा संचालन गरिएको थियोे ।

वडा भित्रका नयाँ पुराना गरी ९९ जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको वडा अध्यक्ष बिस्णु प्रसाद ओलीले बताउनुभयो ।

कार्यक्रममा आँखा सम्बन्धि २५ जना ,नाक कान र घाटी सम्बन्धि २४ जना ,फिजियो थेरापीका ३३ जना र मानसिक अपांगता भएका २७ जनाले सेवा लिएको वडा सचिव राजन खतिवडाले जानकारी दिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, ३ नं वडाका वडा अध्यक्ष बिस्णु प्रसाद ओलि , वडा सदस्यहरु अजित बिष्ट , कर्णबहादुर भण्डारी , बिस्णु माया तिम्सिना ढुङ्गेल योजना शाखा प्रमुख राजन न्यौपाने, करूणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला लगायतको उपस्थित रहेको थियोे ।

शिविर २२ गते २ नं वडा, २३ गते १ नं वडा र २४ गते ५ नं वडामा सञ्चालन हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिएकी छ्न । हिजो हल्दीबारी ४ मा ६४ जनाले सेवा लिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार