हल्दिबारी । स्वर्गीय परमानन्द खरेलको स्मृतिमा स्रचालन भएको अक्षयकोषबाट हल्दिबारी १ साविक गोलधापमा रहेको ओमकारेश्वरवैदिक विद्यापीठ गायत्री स्वरुपाक्षमलाई २ लाख रुपैया नगद पुरस्कार आज एक कार्यक्रमका बिच स्वर्गीय खेरलका परिवारले विद्यापीठलाई हस्तान्तरण गरेका छन् ।

विद्यापीठका अध्यक्ष धर्मराज शिवाकोटीको अध्यक्षता एवं कोशि प्रदेश सभा सदस्य माननिय छविलाल चुडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त रकम प्रतिष्ठानका अध्यक्ष मुरारी खरेलले हस्तान्तरण गर्नु भएको थियो ।

स्वर्गीय परमानन्द खरेल स्मृति प्रतिष्ठानले देशै भरिका गुरुकुलहरु मध्ये छनोट गरि यस बर्षको आर्थिक सहयोग पुरस्कार ओमकारेश्वर वैद्धिक विद्यापिठले प्राप्त गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

विद्यापीठ परिसरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि चुडाल, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली स्वर्गीय परमानन्द खरेल स्मृति प्रतिष्ठानका अध्यक्ष मुरारी खरेल, गुरुकुल परिषदका केन्द्रिय अध्यक्ष प्रा.डा.श्री प्रसाद अधिकारी, प्रा.डा. मोहन खरेल, इतिहास विद वासु रिजाल, खरेल प्रतिष्ठान झापाका अध्यक्ष गंगा खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरी राप्रपा केन्द्रिय नेत्री सिता थापा लिङदेन, नेपाली कांग्रेस जिल्ला सदस्य निराजन दाहाल, शिक्षा विद झमक तिम्सिना, हल्दिबारी १ किर्तन महासंघका अध्यक्ष नरेन राई लगायतले समेत आ–आफ्नो बिचार राख्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्वर्गीय परमानन्द खरेलका छोरा मदन खरेलले संस्थाको औचित्य र पुरस्कार छनौटमाथी प्रष्ट पार्नु भएको कार्यक्रममा विद्यापीठका अध्यक्ष धर्मराज शिवाकोटीले अक्षयकोषबाट प्राप्त २ लाख रुपैयाको विषयमा प्रष्ट पार्दै कार्यक्रममा सवैलाई स्वागत गर्नु भएको थियो ।

ओमकारेश्वर वैदिक विद्यापीठ गायत्री स्वरुपाक्षमका प्राचार्य शिवराज न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नु भएको कार्यक्रममा वैदिक विद्यापीठले खरेल स्मृति प्रतिष्ठानलाई धन्यवाद दिदै सम्मान पत्र प्रदान गरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार