हल्दिबारी । हल्दिबारी प्याब्सनको आयोजनामा अन्तर विद्यालय गायन तथा नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता एवं प्याब्सन हल्दिबारी अध्यक्ष याम दंगाल सरोवरको अध्यक्षतामा भद्रपुर स्थित होटल डेग्लाेमा भएको उक्त कार्यक्रममा समाजसेवी पुर्व शिक्षक एवं अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेललाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

हल्दिबारी गाउँपालिका भित्रका ८ वटा प्याव्सन संग आबद्ध विद्यालयले भाग लिएको कार्यक्रममा आधुनिक नित्य, राष्ट्रिय नित्य र सांस्कृतिक नित्य साथै १२ बर्ष मुनि र १२ बर्ष माथीका विद्यार्थी बीच गायन प्रतियोगिता गरिएको थियोे ।

गायन तथा नित्य विशेषज्ञहरुको निर्णयक टिमले जर्ज गरिएको प्रतियोगिताको आधुनिक नित्य तर्फ कृष्ण सागर इंग्लिश स्कूल प्रथम, क्यानरी एकेडेमी दोस्रो र जसोधा इंग्लिश स्कूलका विद्यार्थीहरु तेस्रो भएका थिए ।

त्यसैगरी राष्ट्रिय नित्य तर्फ क्यानरी एकेडेमी प्रथम , सिग्मा इंग्लिश स्कूल एवं चिल्ड्रन गार्डन एकेडेमी दोस्रो र समस्करा शिक्षा सदन तेस्रो बन्न सफल भएका थिए । त्यस्तै सांस्कृतिक नित्य तर्फ जसोधा इंग्लिश स्कूल प्रथम, सनशाइन इंग्लिश स्कूल दोस्रो र सिग्मा इंग्लिश स्कूल तेस्रो भएका थिए ।

१२ वर्ष मुनिको गायक प्रतियोगितामा प्रथम सिग्मा इंग्लिश स्कूल, दोस्रो क्यानरी एकेडेमी र तेस्रो समस्करा शिक्षा सदनका विद्यार्थी भएका थिए ।

त्यसैगरी १२ वर्ष माथिको गायनमा प्रथम क्यानरी एकेडेमी, दोस्रो सिग्मा इंग्लिश स्कूल र तेस्रो चिल्ड्रन गार्डन एकेडेमीका विद्यार्थी हुन सफल भएका थिए । विजयी विद्यार्थी एवं विद्यालयलाई ट्रफी, मेडल सहित कार्यक्रममा सम्मान गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार