माईजोगमाई । हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तरगत हिजो माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम महिला समन्वय समितिका अध्यक्ष उषादेवी दाहालको संयोजकत्वमा साथै माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे उपाध्यक्ष प्रविना राई प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की वडासदस्य भक्त चेमजोङ महिला संवन्वय समितिका पदाधिकारीहरू बिद्यालयका बिद्यार्थीहरू शिक्षक महिला स्वस्थ्य संयमसेविकाहरू कार्यलयका कर्मचारीहरू लगायतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम पश्चात् कार्यक्रम कोण सभामा परिणत भएको थियो ।
उक्त कोण सभामा बिधार्थी एल्विसा भट्टराई गाउँपालिका उपाध्यक्ष प्रविना राई अध्यक्ष कुश बहादुर थेवे लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेलले संचालन गर्नुभएको थियो ।