भद्रपुर । ३३ ओैं अन्तराष्ट्रिय लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको अवसर पारेर अन्तरपार्टी महिला संञ्जाल झापाले “झापामा लैंगिक हिंसाको अवस्था र स्थानीय सरकारको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सञ्जाल झापाकी अध्यक्ष गोमा भट्टराईको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा विर्तामोड स्थित संजालको भवनमा अन्तरक्रिया संपन्न गरिएको हो ।
कार्यक्रममा विर्तामोड नगर पालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, माओवादीका जिल्ला ईन्चार्ज सि.पि. कडरिया, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, ने.क.पा.समाजवादीका प्रतिनिधि श्रीप्रसाद मिश्र लगायतले लैंगिक हिंसा सम्वन्धि धारणा राख्दै व्यक्तिको सोचमा परिवर्तन नआएसम्म महिला हिंसा नरोकिने विचार राखेका थिए ।
अधिवक्ता कविता वास्तोलाले कार्य पत्र प्रस्तुत गरेको कार्यक्रममा विर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डे, सञ्जालका पूर्व अध्यक्षहरू शुशीला ढकाल, लक्ष्मी न्यौपाने (सरू), संगिता रौनियार, पूर्व सचिव जसमाया गजमेर, सञ्ंजालकी झापा क्षेत्र नं.३ की अध्यक्ष उर्मिला गौतम लगायत महिला नेतृहरूको बाक्लो उपस्थिति रहेको थियो भने सञ्जालकी उपाध्यक्ष द्रौपदी गणेशले स्वागत र कार्यक्रमको संञ्चालन सचिव इन्दिरा कार्कीले गरेकी थिइन् ।