झापाको हल्दीबारी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ ।

हल्दिबारी गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा २९० जनालाई अपांगता कार्ड वितरण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले जानकारी दिनुभयो ।

हल्दीबारी गाउँपालिकाको पाचवटा वडामा यही मङ्सिर २० गतेदेखि शुरु भएको शिविर २४ गतेसम्म संचालन भएको थियोे भने शिविरमा ४९१ जनाले सेवा लिएका थियो ।

पाँच दिनसम्म संचालन भएको शिविरमा पुर्ण अशक्त अपांगता कार्ड ( रातो ) ५६ जनालाई , अति अशक्त अपांगता ( निलो) कार्ड १३३ जनालाई , मध्यम अशक्त अपांगता ( पहेँलो ) कार्ड ६२ जनालाई र सामान्य अशक्त अपांगता ( सेतो ) कार्ड ३९ जनालाई चेकजाँच गरि शिविर स्थानमै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्रले जानकारी दिनुभयो ।

तथ्यांक व्यवस्थापक टिकाराम ढकालले दिनु भएको जानकारी अनुसार वडा नम्बर १ मा १२९ जनाले चेकजाँच गरेकोमा १२ जनालाई रातो कार्ड ,३७ जनालाई निलो कार्ड ,११ जनालाई पहेँलो कार्ड र १० जनालाई सेतो कार्ड दिइएको थियोे ।

त्यसैगरी वडा नम्बर २ मा १२४ जनाको चेकजाँच गरेकोमा १५ जनालाई रातो कार्ड ,३२ जनालाई निलो कार्ड ,२२ जनालाई पहेँलो कार्ड र ८ जनालाई सेतो कार्ड दिइएको थियोे ।

त्यस्तै वडा नम्बर ३ मा ९९ जनाको चेकजाँच गरेकोमा ६ जनालाई रातो कार्ड ,२१ जनालाई निलो कार्ड ,१२ जनालाई पहेँलो कार्ड र ९ जनालाई सेतो कार्ड दिइएको थियोे ।

त्यसैगरी वडा नम्बर ४ मा ६४ जनाको चेकजाँच गरेकोमा १२ जनालाई रातो कार्ड ,२४ जनालाई निलो कार्ड ,५ जनालाई पहेँलो कार्ड र १ जनालाई सेतो कार्ड दिइएको थियोे भने वडा नम्बर ५ मा ७५ जनाको चेकजाँच गरेकोमा ११ जनालाई रातो कार्ड ,१९ जनालाई निलो कार्ड ,१२ जनालाई पहेँलो कार्ड र ११ जनालाई सेतो कार्ड दिइएको थियो।

कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि ,फिजियो थेरापी र मानसिक अपांगता भएका हल्दीबारी बासीले सेवा लिएका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, सबै वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु, करूणा फाउन्डेसनका प्रतिनिधि , गाउँपालिका कर्मचारी , संबंधित बिज्ञहरुको टोलि लगायत सञ्चार कर्मीहरुको साथ र सहयोगमा शिविर उपलब्धि मुलक रूपमा सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार