झापा । झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नं. १०, खयरडाँगीमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २६ वर्षीय अजय राजवंशी पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले २०८१ मंसिर २५ गते, दिउँसो ३ बजे, २६ वर्षीय अजय राजवंशीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ५९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। प्लास्टिक हटाउँदा शुद्ध लागुऔषध ५३० मिलिग्राम रहेको पाइएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार