झापाको मेचीनगर–१३, चारआलीस्थित पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समितिको नयाँ नेतृत्व चयन भएको छ। समितिको अध्यक्षमा लोकराज ढकाल निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीका अनुसार अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेकाले १४ सदस्यीय समिति निर्विरोध चयन भएको हो।

लोकराज ढकाल नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा अग्रज पत्रकार हुन्। नयाँ समितिमा वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी, र कोषाध्यक्षमा लालबहादुर थेबे चयन भएका छन्।

समितिको महिला सदस्यतर्फ गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ, र दुर्गा भुजेल चयन भएका छन्। खुला सदस्यतर्फ प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, सङ्गीत शिवाकोटी, रेवतकुमार दाहाल, र बोलप्रसाद कोइरालालाई चयन गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार