भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढ स्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ ।
मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एकलाख पचास हजार जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्यदाताबाट सहयोग जुटाई ४० लाखको श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेको हो ।
निर्माण समितिको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई, उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषध्यक्ष अनुज खतिवडा चयन भएका छन् भने सदस्यहरूमा क्रमशः भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, हरिप्रसाद पराजुली, विष्णुप्रसाद काफ्ले, मिरा सञ्जेल, पुरूषोत्तम अधिकारी र रविन सुब्बा फागो चयन भएका छन् ।
समितिले मोक्षघाट निर्माण तिव्रगतिमा सम्पन्न गर्ने गरी जिम्मेवारी समेत पाएको छ ।