जाजरकोटको नलगाड नगरपालिकामा बुधबार राति भएको बोलेरो जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कालीबाट करुवा जाँदै गर्दा बिरखोला नजिक ८०० मिटर तल खस्दा यो दुःखद घटना भएको हो।
मृत्यु हुनेमा जिप चालक ३१ वर्षीय इन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय शारदा थापा, १७ वर्षीय लक्ष्मी पुन रोका र उनको एक महिनाका छोरा आलोचन रोका रहेका छन्।
दुर्घटनामा घाइते भएका १९ वर्षीय जनक थापा र २१ वर्षीय जीवन विकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। जनकको उपचार भइरहेको छ भने जीवन सामान्य उपचारपछि घर फर्किएका छन्।
प्रहरीका अनुसार जिपको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। गाडीमा सात जना सवार थिए। प्रहरी र स्थानीयको सहयोगमा राति नै उद्धार कार्य भएको थियो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1