बिर्तामोड, मंसिर ३० । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा) क्लब इटहरीबीच हुँदैछ ।

यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
इटहरी गोल्डकपको होम टिम राष्ट्रिय जागृति क्लब मोफसलको लयमा रहेको टिम भएकाले पहिलो जितको खोजीमा हुनेछ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक दिन एकजना भाग्यशाली दर्शकले महेन्द्ररत्न स्टोर्सको तर्फबाट एकथान टिभी उपहार पाउने छन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार