भद्रपुर । कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिको तेस्रो अधिवेशनले देवीप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा बलिभद्र अधिकारी, सचिव भीम अधिकारी र कोषाध्यक्षमा देवीमाया अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।

समितिको सदस्यहरूमा क्रमशः कृष्णकुमारी अधिकारी, पदमबहादुर अधिकारी, दशरथ अधिकारी, माधव अधिकारी, राजनकुमार अधिकारी, शान्तिराम अधिकारी, टिका अधिकारी, डिल्लीराम अधिकारी, अम्बर बहादुर अधिकारी, नारायण अधिकारी र राजकुमार अधिकारी चयन भएका छन् ।

सभाले जिल्ला परिषद सदस्यमा यमनाथ अधिकारी तथा तोयानाथ अधिकारीलाइृ जिम्मेवारी दिएको छ भने पर्यवेक्षकमा चुडामणि अधिकारी र तिलक अधिकारीलाई छनौट गरेको छ ।

देवीप्रसाद अधिकारीको अध्यक्षता तथा कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जिल्ला न्यायाधिस प्रकाशकुमार अधिकारी, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, जग्गादाता रेखा अधिकारी, प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष निमेष अधिकारी, प्रतिष्ठानकी झापा जिल्ला सचिव सपना अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा जेष्ठ सदस्य मोती अधिकारी र तोयानाथ अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

यामनाथ अधिकारीले स्वागत गरेको कार्यक्रम भीम अधिकारीले सञ्चालन गरेका थिए भने कार्यक्रम भद्रपुर २ सगरमाथा स्थित बलिभद्र अधिकारीको घरमा सम्पन्न गरिएको थियो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार