इलामको सन्दकपुर गाउँपालिका–४ सायाङ्बा स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० वर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार