झापा । झापाको कनकाई नगरपालिका ७ नम्बर वडामा आफ्नो मौलिकता र संस्कृति जोगाउने एवं किर्तन समुहहरुमा सुदृढ सम्बन्ध स्थापना गराउने उद्देश्यका साथ प्रथम वडा स्तरीय भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ।

कनकाई नगरपालिका अन्तर्गत वडा नं ७ भृकुटी टाेलमा अबस्थित पाथिभरा किर्तन मण्डली समाज समितीको आयोजना तथा कनकाई नगरपालिका ७ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वयमा सो कार्यक्रम आयोजना भएको हो। सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा वडा नम्बर ७ भित्रका ८ वटा भजन किर्तन समुह टोलीहरु बाट सहभागिता जनाएका थिए।

कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा सभापतित्व पाथीभरा किर्तन मण्डली समाज समिती अध्यक्ष देवका भटराईले ग्रहण गर्नु भएको थियो र कार्यक्रमको संचालन कनकाई ७ नम्बर वडा स्तरीय बाल संजाल अध्यक्ष तथा प्रथम वडा स्तरीय भजन किर्तन प्रतियोगिताका कार्यक्रम संयोजक रिजन तिम्सिनाले गर्नु भएको थियो ।

प्रमुख अतिथि समेत रहनुभएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोख्रेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको सो कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष भीषम भुसन सिटाैला ,वडा नम्बर ७ का वडा सदस्य निर्मल आङथुप्पो , अरुणा सुब्बा , साबित्रा सार्की , बिधालयका बिधालय ब्यबस्थापन समिती अध्यक्ष तथा प्रधानाध्यापकहरु , वडा भित्रका प्रमुख राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु , टाेल बिकास समिती संयोजकहरु , सामाजिक ब्यक्तित्वहरु , बाल संजालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

निकै रोचक र सुमधुर भजनहरु प्रस्तुत गरिएको सो किर्तन प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो स्थान क्रमश हलेशी किर्तन मण्डली , नागेश्वरी किर्तन मण्डली , शिव पन्चायन किर्तन मण्डली रहन सफल भएका थिए , बिजेता किर्तन समुहहरुलाई प्रमाणपत्र , ट्रफि , मेडल द्वारा प्रमुख अतिथी लगायतले बितरण गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार