हल्दिबार १ पौष । हल्दिबारी माध्यमिक विद्यालयको ५२औं वार्षिकउत्सव पुर्व उपप्रधानमन्त्री तथा झापा क्षेत्र नम्बर ३ का संघीय साम्सद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ ।
५२ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले शिक्षक सम्मान तथा विदाई, छात्रवृत्ति तथा पुरस्कार वितरण, र विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष टिकादेवी राउतको अध्यक्षतामा भएको वार्षिकोत्सबमा प्रमुख अतिथि लिङ्देन , कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल , संविधान सभा सदस्य माननीय मोहन टुडु ,हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , हल्दिबारी माविका संस्थापक प्रधानाध्यापक नरेन्द्र कुमार कार्की तथा बिदाई हुने शिक्षक मित्रबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखु भएको थियोे ।
उक्त अवसरमा कवि एवं साहित्यकार हल्दिबारी माविका पुर्व विद्यार्थी नवराज पराजुलीलाई प्रमुख अतिथि लगायतले दोसल्ला ओढाएर कदर पत्र सहित अभिनन्दन गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाखृनले विद्यालयको गतिविधि सहित ५२ औं वार्षिकोत्सबको औचित्य माथी प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत विद्यालयका शिक्षक रमेशकुमार पौडेल गर्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक तुलसी प्रसाद कोइरालाले गर्नु भएको थियो ।