शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।
नगरपालिकाले आ.व. २०८१÷०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमूखीकरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कार्यक्रमको सुरुवात गरेकोे बताए । उनले प्रधानमन्त्री कार्यक्रम थालनी गनु पूर्व श्रमिकहरुलाई आवश्यक पर्ने औजार, सुरक्षा सामाग्री, सांकेतिक पहिरन लगायतका सामाग्रीहरु श्रमिकहरुलाई वितरण गर्नु पर्ने जानकारी दिए । प्रधानमन्त्री कार्यक्रममा विपन्न परिवारका बेराजगार व्यक्तिहरुलाई समेटनु पर्नेमा उनको जोड थियो ।
चालु आर्थिक वषृमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५ जना श्रमिकहरुले सहभागी जनाउने रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री कार्यक्रम अन्तर्गत ७५ जना श्रमिकले ४० लाख बराबारको साझेदारी योजनामा काम गर्ने छन् ।
कार्यक्रमम उपप्रमुख नरमाया कार्कीले प्रधानमन्त्री कार्यक्रममा काम गर्ने श्रमिकलाई काम मात्र होइन उनीहरुको दक्षता र क्षमताको पनि मूल्यांकन गर्नू पर्ने बताइन् । उनीहरुलाई प्रधानमन्त्री कार्यक्रम अन्तर्गतका कार्यक्रम सकिएपछि पनि स्वरोजगार बन्न प्रेरित हुने गरी दक्षताको प्रमाण पत्र समेत दिनु पर्नेमा उनको जोड थियो ।
श्रमिकलाई दक्षताको लागि ५० दिनको तालिम दिइने शिवसताक्षी नगरपालिका रोजगार शाखाले जनाएको छ । विभिन्न आय मुलक र सीप मुलक तालिम दिइएर उनीहरुलाई तालिम अनुसारको काम लाउने समेत बताइएको छ।
नगरपालिकाले निर्माण गर्ने बाटो, कल्भड, पैनी जस्ता श्रमिकले काम गर्ने स्थानहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गराउदै आएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा वडाका योजनाहरुसँग पनि साझेदारी गर्न सकिने रोजगार संयोजक तिम्सिनाले बताए । अभिमुखकीकरणमा नगरका सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई उपस्थित गराई विभिन्न साझेदारी योजनाहरुको बारेमा समेत छलफल गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।