भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ ।

बुधबार भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी संक्रमितहरुको क्षेत्रमा स्वास्थ्य उपचार, पौष्टिक आहारको व्यवस्थापन र यातायातमा सुविधा प्रदान गर्दै आएको ए.एच.एफले परियोजनाका बारेमा जानकारी गराएको छ ।

ए.एच.एफका तर्फबाट निकेश आचार्यले परियोजनाको लक्ष्य र उद्देश्यका बारेमा प्रकाश पारेका थिए । उनले संक्रमितहरुको विवरण समेत प्रस्तुत गरेका थिए ।

बैठकमा प्रादेशिक अस्पतालकी कञ्चन नेपालीले भद्रपुर एआरटी सेन्टरबाट ४८८ जनाले सेवा लिइरहेको जानकारी गराएकी थिइन् ।
भद्रपुरका नगरप्रमुख पोखरेलले एचआइभी संक्रमितहरुको समस्या समाधानमा स्थानीय तहको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले परियोजना सञ्चालन गर्ने निकायसँग सहकार्य गर्दै जाने बताएका छन् । कार्ययोजना नै बनाएर काम गर्न स्थानीय सरकार तयार रहेको उनको भनाई थियो ।

यस्तै, उपप्रमुख राधा कार्कीले समाजमा एचआइभी बारे सचेतना फैलाउन जरुरी रहेको बतायन् । उनले सचेतना फैलाउनका लागि समन्वय गरेर जाने जानकारी दिइन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी थप समन्वय गरेर ए.एच.एफको परियोजनालाई लक्षित वर्गमा प्रभावकारी बनाउन सहयोग गर्ने धारणा राखेका छन् ।

झापाको भद्रपुर र दमकमा गरेर करिव ७ सय संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेका छन् । १५ सय संक्रमित रहेको झापामा ए.एच.एफले विपन्न परिवारका संक्रमितहरुलाई यातायाता, औषधि उपचार र पोषणयुक्त खानपानमा समेत सहयोग गर्दै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार