अभिषेक खतिवडा/हल्दिबारी, पौष ५ । हल्दिबारी वडा नं-३ कार्यालयले वडा भित्रका सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तर्गत झोला वितरण गरेको छ ।
हिजो रामेश्वर आधारभूत विद्यालय र आज लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीलाई झोला वितरण गरेर कार्यक्रम समापन गरिएको छ ।
रामेश्वर आधारभूत विद्यालय का जम्मा ८५ जना र लक्ष्मी माध्यमिक विद्यालयमा १५० जना विद्यार्थीलाई वडा कार्यालयका अध्यक्ष बिष्णु प्रसाद ओली ,सदस्य अजित बिष्ट,कर्ण भण्डारी र बिष्णु माया तिम्सिना, वडा सचीव राजन खतिवडा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो।
त्यस्तै यस अगि पञ्चायत माध्यमिक विद्यालयमा ३४ जना विद्यार्थीलाई वितरण गरे सगै जम्मा वडा भित्रका ३ सामुदायिक विद्यालयमा २६९ जना विद्यार्थीलाई वितरण गरिएको हल्दिबारी वडा नं-३ का वडा सचिव राजन खतिवडाले बताएका छन।
१ लाख ६३ हजार २ सय लागतमा सामुदायिक विद्यालयका विद्यार्थीहरु लाई झोला वितरण शिर्षकमा कार्यक्रम संचालन गरिएको थियो।