काठमाडौं/नेपाल स्वयंसेवी रक्तदाता समाजले आज नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई रगत र रक्त-तत्व निःशुल्क उपलब्ध गराउँनका साथै माघ १५ गते देशभर मनाउँदै आइरहेको स्वयंसेवी रक्तदाताकाे दिवसलाई “राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस” घाेषणा गरिदिनुहुनकाे लागि पहल गर्न ज्ञापन-पत्र पेश गरेको छ ।

“प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने निःशुल्क रगत पाउँनु पीडित पक्ष(विरामी)को नैसर्गिक अधिकार हो” नारा तय गरि देशभर छरिएर रहेका स्वयंसेवी रक्तदाताहरुको हकहित र रक्तदान कार्यक्रम आयोजक संघ/संस्थाहरु वीच आवश्यक समन्वय गर्दै निःशुल्क रगत र रक्त-तत्वहरू बितरणका लागि मन्त्री पौडेललाई ज्ञापन-पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयो ।

ज्ञापन-पत्र बुझ्दै मन्त्री पौडेलले मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत भएकोले यसलाई गम्भीररुप लिँदै कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउँन मातहत कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष प्रमिला लामा एवं केन्द्रीय सदस्यद्वय: सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागीता रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार