झापा । जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३, मा हिजो रातको ११:३० बजेको समयमा धिमाल टोलस्थित एक घरमा प्रतिबन्धित लागू-औषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले खानतलासी गर्दा ४ के.जी. तयारी गाँजा नियन्त्रणमा लिएको छ ।

यस क्रममा, श्याम धिमालको घरमा रहेका विभिन्न सामग्रीहरूसँगै गाँजा पनि बरामद भएको हो। फेला परेका अन्य सामग्रीहरूमध्ये भारतिय रुपैया २,३६०/- (दुई हजार तीन सय साठी), नेपाली रुपैया ३,०६,८७०/- (तीन लाख छ हजार आठ सय सत्तरी), तराजु १ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, कटर चक्कु ३ थान, कैचि १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थान रहेको छ।

यस घटनामा श्याम धिमालको २९ वर्षीयछो री दुर्गा धिमाललाई पनि पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार