समीर न्यौपाने –
मानिसको आ–आफ्नो निदाउने बानी हुन्छ । अल्जाइमरका रोगीहरु सुत्दा उनीहरुमा स्वासप्रस्वासको समस्या देखिन्छ । उनीहरुको मस्तिस्क अचेत हुने गरेको पाइन्छ । चिकित्सकको बुझाइमा यो मस्तिष्कका तन्तुहरुको समस्या हो ।
खोजकर्ताहरुको भनाइमा
निदाउँदा स्वासप्रस्वासको समस्या हुने विराममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र डिमेन्सीयाका रोगीहरुमा देखिन्छ ।
यस किसिमका मानिसमा छिटो रुपमा मस्तिस्क र हृदयरोग भेटिने लक्ष्यण हुने चिकित्सकहरुको ठम्याइ रहेको छ ।
मानिसको ज्ञान र सम्झन सक्ने शक्ति कम हुने जानकारहरुको भनाइ रहेको छ ।
मानिसको मस्तिष्कका तन्तु चलायमान हुन मानव शरिरमा आरामको आवश्यकता पर्ने हुन्छ । उमेरको वृद्वि संगै बुढेसकालमा अल्जाइमर जस्ता रोग देखा पर्छ ।
पश्चिमा देशहरुमा मष्तिस्क सम्बन्धि अध्ययन र उपचार विधि र समस्या असामान्य नभइ निरन्तर अध्ययनको पक्ष बनिसकेका छन् । ल्याटिन अमेरिकामा मानिसको औषत आयु ६८ मानिएको छ ।
निदाँउदा स्वासप्रश्वासमा बाधा पुग्नु मुख्यत अल्जाइमर रोग लाई लिइन्छ । अल्जाइमर एक किसिमको विर्सने रोग डिमेन्सीया जस्तै हो । यो रोगको सिकार भएका मानिसमा मष्तिस्कको चेत, संज्ञानात्मक ज्ञान आवेग वा प्रवेग थाहा हुँदैन । सम्भवत् मानिसका आँखा अगाडिका दृश्य पनि भूल्ने तथा ध्वनी पनि विर्सने हुन आउँछ । अल्जाइमर रोगलाई डिमेन्सिया सँग तुलना गरिन्छ ।
त्यसकारण रोगका विरामीमा रगतमा अक्सिजनको मात्रा कति छ निर्धारण हुनु पर्ने चिकित्सकहरु बताउँछन ।
डिमेन्सियाको रोकथाम मानिसको मस्तिष्कको स्वास्थ्य हेरचाह गरेर मात्र हुने गर्छ । त्यसको एक मात्र उत्तम उपाय हो पर्याप्त मात्रामा सुत्नु । दिनदिनै समय मिलाएर आराम गर्नु यस रोग लागेका विरामीलाई फलदाइ हुने बताइन्छ ।
मानिसको उमेर अनुसारको मष्तिस्क हुने गर्छ जसकारण सुताइको माध्यमबाट टाउको दुख्ने, थकान लाग्ने, सम्झना हराउने क्रम हराउँछ ।
स्रोत ः एजेन्सी