वनियानी ,७ पौष । झापाको कचनकवल गाउँपालिकामा आजदेखि अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर शुरु भएको छ ।
अपाङ्गता समन्वय समितिका संयोजक एवं कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको प्रमुख आतिथ्यतामा वडा नम्बर २ पथरिया बजारमा शिविरको उद्घाटन पालिका अध्यक्ष राजवंशीले गर्नुभएको थियोे ।
शिविर उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजबंशी, उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष नवराज भट्टराई , करुणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइराला , कचनकवल अपाङ्ग सङ्घका अध्यक्ष डम्बरबहादुर रिमाल र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले कार्यक्रमको औचित्य तथा शिविरको महत्त्व माथी प्रष्ट पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
आजबाट शुरु भएको शिविर पौष १३ गतेसम्म संचालन हुनेछ भने पौष ८ गते वडा नम्बर १ को स्वास्थ्य चौकी, घेराबारीमा पौष ९ गते वडा नम्बर ३ को स्वास्थ्य चौकी, पथरियामा पौष १० गते, वडा नम्बर ५ को स्वास्थ्य चौकी पाठामारीमा पौष ११ गते वडा नं. ४ को वडा कार्यालय केचनामा त्यस्तै पौष १२ गते वडा नं. ७ को वडा कार्यालय बालुबाढीमा र पौष १३ गते कचनकवल गाउँपालिकाको कार्यालय बनियानीमा शिविरको व्यवस्थापन गरिएको पालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।
आज सम्पन्न शिविरमा नयाँ पुराना गरि ७४ जनाले सेवा लिएका थिए भने १४ जनालाई नयाँ अपाङ्गताको परिचयपत्र समेत बितरण गरिएको थियो ।त्यसैगरी ५ जनालाई अपग्रेड गरिएको थियोे ।
जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि कचनकवल गाउँपालिका कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।
शिविरमाव “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्ति ३ जनालाई रातोकार्ड , “ख” वर्गमा पर्ने ४ जनालाई निलोकार्ड ,“ग” वर्गमा पर्ने३ जनालाई पहेँलोकार्ड र “घ” वर्गमा पर्ने ५ जनालाई लागि सेतोकार्ड बितरण गरिएको गाउँपालिका उपाध्यक्षका स्वकीय सचीव उमेस मिश्रले जानकारी दिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1