हल्दिबारी । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको जिल्ला भेलाले उमेस खरेलको सभापतित्वमा नयाँ कार्यसमिति चय गरेको छ ।
झापाको बिर्तामोडमा हिजो सम्पन्न भेलाले पुन खरेललाई सभापती सर्वसम्मत चयन गरेको हो ।त्यसैगरी उपसभापतिमा प्रकाश पाठक, सचीवमा शम्भु ढकाल (सुस्केरा) र सहसचिवमा भिम बहादुर कुँवर समेत सर्वसम्मत चयन भएको रास्वपाले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा पुष्प ढकाल, नरेन्द्र सिवाकोटी, सीता बराइली, लीला खड्का र कमला सुवेदी चयन भएका हुन ।
त्यसैगरी क्षेत्रबाट निर्वाचित जिल्ला सदस्यमा क्षेत्र नं १ बाट दीपक भट्टराई , क्षेत्र नं २ बाट दीपक दाहाल, क्षेत्र नं ३ बाट लक्ष्मण बस्नेत, क्षेत्र नं ४ बाट लीला बस्नेत र क्षेत्र नं ५ बाट भेषराज भट्टराई समेत सर्वसम्मत निर्वाचित भएको रास्वपा झापाले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1