मेचीनगर, ८ पुस । झापा बाह्रदशी स्थित कुमाई गाउँकी मनिषा राजबंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् ।

उनी हालै थाइल्यान्डको बैंककमा आयोजित ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन सफल भएकी हुन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्ने राजबंशी समुदायकी प्रथम नेपाली (पहिलो राजबंशी विश्व सुन्दरी) मनिषा राजबंशीले शिक्षा नै सबै भन्दा ठुलो कुरा भएकोले आफ्नो समुदायलाई पनि यसैमा जोड दिन आग्रह गरेकी थिइन् ।

प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकार भेटघाटमा आफुले कहिलै पनि कल्पना गर्न नसकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बन्न सफल भएकोमा खुशी व्यक्त गरिन् ।

प्रतियोगितामा भारत, मेक्सिको, जापान लगायत ४४ मुलुकका सहभागीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । नेपालकी राजबंशी सबैलाई उछिन्दै विजेता बनिन् ।

राजबंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको उनको भनाई छ । उनले यसअघि ‘मिस राजबंशी’को उपाधि समेत जितेकी थिइन् ।

उनी हाल रत्न राज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रको स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययन गर्दैछिन् ।

उनले यसअघि लोकतन्त्र पोस्ट दैनिकमा काम गरेकी थिइन् । पत्रकार सम्मेलनको आयोजना काजी मिडिया एन्ड टेक्नोलोजीले गरेको थियो ।सौन्दर्य प्रतियोगिता जितेको श्रेय उनले आमा उर्मिला र हजुरआमा दिनु राजबंशीलाई दिइन् ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा मनिषाकी आमा उर्मिला राजबंशी, हजुरआमा दिनु राजबंशी, राजबंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन काजी मिडियाकी सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार