झापा, ९ पुस  । झापाको अर्जुनधारा-११, लक्ष्मीधापमा एक महिलाको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।

पुस ७ गते घरबाट कसैलाई जानकारी नदिई निस्कनुभएकी विमला दर्जीको शव दुई दिनपछि स्थानीय भुपाल गिरीको माछा पोखरीमा भेटिएको हो। घटनाको जानकारी मृतकका छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय, अनारमनीलाई गराएका थिए।

प्रहरी टोली घटनास्थलमा पुगेपछि शव उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनाको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार