इलाम । इलामको माङ्सेबुङ गाउँमा मासु, मदिरा, चुरोट, बिडी, र खैनीको सेवन पूर्ण रूपमा प्रतिबन्धित छ। स्थानीय समुदायले आफ्नै पहलमा यो नियम लागू गरेका हुन्। गाउँमा होटल र रेष्टुरेन्टमा पनि मासु र मदिरा बिक्री गरिँदैन।

माङ्सेबुङ गाउँपालिका-३ र ५ मा पर्ने यो गाउँका बासिन्दा किरात धर्म मान्छन्। सो धर्मले हत्या, हिंसा, र फटाईलाई निषेध गर्ने भएकाले मासु र मदिरा पनि निषेध गरिएको हो। गाउँमा करिब १,५०० परिवार बसोबास गर्छन्।

२०७२ सालमा यो गाउँलाई शाकाहारी गाउँ घोषणा गरिएको थियो। गाउँको प्रवेशद्वारमै यसबारे जानकारीसहितको बोर्ड राखिएको छ। माङ्सेबुङलाई किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मथलोका रूपमा लिइन्छ। यहाँका अनुयायी शाकाहारी हुनुका साथै मदिरा र सुर्तीको सेवन पनि गर्दैनन्।

गाउँमा स्वच्छता कायम राख्न सुँगुर, बंगुर, र कुखुरा पाल्नसमेत निषेध छ। धार्मिक महत्त्वका कारण स्वदेशी तथा विदेशी व्यक्तिहरूको यो गाउँमा नियमित आगमन हुने गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार