हल्दिबारी, ११ पुष । हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज बाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ ।
आज एक औपचारीक कार्यक्रमको बिच भेलागढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुण्य प्रसाद लम्सालको अध्यक्षता एवम् प्रमुख अतिथि कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय षडानन्द मण्डलको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थिए।
कार्यक्रममा प्रमुख अतिथि मण्डल , पुर्वाधार विकास मन्त्री माननिय भुमि प्रसाद राजवंशी , कोशी प्रदेश सभा सदस्य माननिय छविलाल चुडाल , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन (महेन्द्र), हल्दिबारी वडा नं-२ वडा अध्यक्ष सुकलाल राजवंशी लगायतले महोत्सव सफलता सग सम्पन्नका लागि शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको शोभा बढाउनका लागि बिभिन्न जातजातिका झाँकि समेत देखाइएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य आयोजकको तर्फबाट भेलागढी सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष भिमा देवी लम्सालले राख्नु भएको थियो।
अध्यक्ष लम्सालले शुभकामना मन्तव्य राखि सम्पन्न गरेको कार्यक्रमको संचालन एवम् सहजीकरण समुहका सचिव खकेन राजवंशीले गरेका थिए।