अभिषेक खतिवडा/पौष ११ । श्रमको सम्मान राष्ट्रको अभियान, न्यूनतम रोजगार , नागरिकको अभियान भन्ने नारा सहित निम्न आय स्रोत भएका श्रमिक नागरिकका हितका लागि संचालन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हल्दिबारी वडा नं-३ बाट अभिमुखिकरण कार्यक्रम तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरिएको छ ।
रोजगार सेवा केन्द्र हल्दिबारी गाउँपालिका द्वारा वडा नं-३ को सभाहलमा संंचालन भएको कार्यक्रमको अध्यक्षता कार्यवाहक वडा अध्यक्ष बिष्णु माया तिम्सिना ढुङ्गेल रह्नु भएको थियो। कार्यक्रमको अतिथिका रुपमा वडा सदस्य अजित कुमार बिष्ट , कर्ण भण्डारी , वडा सचिव राजन खतिवडा ,लगायतको उपस्थित रहेको थियो।
रोजगार सेवा केन्द्र हल्दिबारी गाउँपालिका संयोजक सपना न्यौपाने ले रोजगारमा खटिएका श्रमिकका लागि कार्यक्रम किन आवश्यक छ र कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । उहाँले श्रमिकको पारिश्रमिक ,काम कर्तव्य हक अधिकार लगायतका बिषयलाई प्राथमिकता दिएर मन्तव्य राख्नु भएको थियो। रोजगार प्राप्त गर्ने श्रमिकहरुले आफ्नो जिज्ञासा सेमत राखिएको थिए। सोही जिज्ञासा माथि न्यौपानेले जवाफ दिएकी थिइन।
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा गर्नुपर्ने केही कामका बारेमा थप प्राविधिक अर्जुन ढकालले श्रमिकहरु लाई जानकारी गराएका थिए।
जम्मा १०० दिनका लागि श्रमिकहरुले रोजगार कार्यक्रममा काम गर्ने छन।पालिका भरि जम्मा ५५ जना र वडा नं-३ मा जम्मा १० जना श्रमिकहरु लाई रोजगार प्रदान गरिएको छ ।
वडा नं-३ बाट सुरु भएको प्रधानमन्त्री रोजगार अभिमुखिकरण कार्यक्रम तथा परिचय पत्र वितरण कार्यक्रम हल्दिबारी गाउँपालिकाको ५ वटा नै वडाहरुमा संचालन गरिने रोजगार कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनु भएको छ ।कार्यक्रमको संचालन एवम सहजीकरण रोजगार सहायक मिलन विश्वकर्माले गरेका थिए।