झापा, ११ पुस । झापा जिल्लाको कचनकवल गाउँपालिका–७ बलुवाडीका ३० वर्षीय रमेश राजवंशी आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

घटनास्थलमा कालो सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक विवरण छ। घटना २०८१ साल पौष ११ गते साँझ करिब ५:३० बजे भएको हो।

इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थललाई सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान थालेको छ। घटनाको कारण हालसम्म खुल्न नसकेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृतकको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने मृतकका परिवार र स्थानीयवासीहरूसँग थप जानकारी संकलन गर्ने प्रयास भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार