अभिषेक खतिवडा/हल्दिबारी, पौष १२ । हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको देउनिया मुक्ति आर्यघाटमा रहेका चौताराहरुको मर्मत एवम् स्तरोन्नति गर्ने कार्य वडा कार्यालयले सुरु गरेको छ ।

“देउनिया मुक्ति घाट व्यवस्थापन तथा पार्कको थालनी ” शिर्षकमा रु १ लाख १० हजार रातो किताबमा समावेशी गरी मुक्ति आर्यघाटको सौन्दर्यकरणमा वडा कार्यालय अगी बढेेको हल्दिबारी वडा नं-३ का सचिव राजन खतिवडाले जानकारी दिनु भएको छ ।

वडा कार्यालयले चौताराहरुको मर्मत एवम् स्तरोन्नति सगै घाट परिसरमा बिधुतिय बत्तीको व्यवस्थापन समेत गाउँपालिका सग समवन्य गरेर राखिएको छ ।

आर्यघाट लाई पार्कको अवधारणामा बद्लन केही संघ सस्थाहरु पनि अग्रसर भएर सहयोग गर्ने सम्पर्कमा आइरहेको र यो सबैको सार्वजनिक सम्पत्ति भएकाले सबै एक भएर घाटको विकास , व्यवस्थापन र पार्कको थालनीमा जुट्नु पर्ने वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले बताएका छन।

यस आर्यघाटमा हल्दिबारी -३ , ४ र ५ निवासीहरुको अन्तिम दाहसंस्कार गरिदै आइरहेको पाइएको छ । घाटमा सरसफाइका लागि डस्टबिन राख्ने लगायत कार्यहरु पनि केही दिन बाट सुरु हुने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार