हल्दिबारी । हल्दिबारी गाउँपालिका-४ की गीता घिमिरे रेग्मीलाई स्थानीय आमाहरूको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ।

दुबै मिर्गौला खराब भई आर्थिक कठिनाइ सामना गरिरहेकी रेग्मीलाई  मंगलबारे बजारका महिला दिदीबहिनीहरूले ५१ हजार ५ सय ६५ रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेका हुन्।

रेग्मीका श्रीमान वैदेशिक रोजगारमा रहेका भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भएको बताइएको छ। बिरामी रेग्मीका अनुसार हालसम्म उपचारमा १० लाखभन्दा बढी खर्च भइसकेको छ। डायलाइसिस वा मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव झेल्नुपरेपछि उनले सहयोगको याचना गरेकी हुन्।

स्थानीय महिला अगुवाहरूले सामुदायिक रूपमा रकम संकलन गरी रेग्मीलाई सहयोग गरेको जनाएका छन्। यो सहयोगले उनको उपचारमा केही हदसम्म मद्दत पुग्ने आशा गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार