नेत्र बिक्रम बिमली – 
वनियानी ,१३ पौष । झापाको कचनकवल  गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ ।
कचनकवल गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले  जानकारी दिए ।
अध्यक्ष राजवंशीका अनुसार कचनकवल  गाउँपालिकाको ७ वटा  वडामा यही पौष  ७ गतेदेखि शुरु भएको शिविर आज शनिबार  १३ गतेसम्म संचालन भएको थियोे भने शिविरमा ८३० जनाले सेवा लिएका थिए ।
७ दिनसम्म संचालन भएको शिविरमा पुर्ण अशक्त अपांगता कार्ड ( रातो ) ६८ जनालाई , अति अशक्त अपांगता ( निलो) कार्ड १०९ जनालाई , मध्यम अशक्त अपांगता ( पहेँलो ) कार्ड ४२ जनालाई र सामान्य अशक्त अपांगता ( सेतो ) कार्ड ३० जनालाई चेकजाँच गरि शिविर स्थानमै कार्ड  वितरण गरिएको  पालिका उपाध्यक्ष  एवं अपांगता समन्वय समितिका संयोजक नवराज  भट्टराईले जानकारी दिए ।
उनका अनुसार  वडा नम्बर १ मा १२४ जनाले चेकजाँच गरेकोमा ४ जनालाई रातो कार्ड ,१५ जनालाई निलो कार्ड ,४ जनालाई पहेँलो कार्ड र २ जनालाई सेतो कार्ड दिइएको थियोे ।
त्यसैगरी वडा नम्बर २ मा ७६ जनाको चेकजाँच गरेकोमा ३ जनालाई रातो कार्ड ,४ जनालाई निलो कार्ड ,५ जनालाई पहेँलो कार्ड र ३ जनालाई सेतो कार्ड दिइएको थियोे ।
त्यस्तै वडा नम्बर ३ मा ११६ जनाको चेकजाँच गरेकोमा १३ जनालाई रातो कार्ड ,११ जनालाई निलो कार्ड ,५ जनालाई पहेँलो कार्ड र ३ जनालाई सेतो कार्ड दिइएको थियोे ।
त्यसैगरी वडा नम्बर ४ मा १२७ जनाको चेकजाँच गरेकोमा ७ जनालाई रातो कार्ड ,१४ जनालाई निलो कार्ड ,१६ जनालाई पहेँलो कार्ड र ६ जनालाई सेतो कार्ड दिइएको थियोे।
 त्यस्तै वडा नम्बर ५ मा ७३ जनाको चेकजाँच गरेकोमा ५ जनालाई रातो कार्ड ,१२ जनालाई निलो कार्ड ,२ जनालाई पहेँलो कार्ड र ५ जनालाई सेतो कार्ड दिइएको थियो।
त्यसैगरी वडा नम्बर ६  मा १८१ जनाको चेकजाँच गरेकोमा २५जनालाई रातो कार्ड ,२३ जनालाई निलो कार्ड ,५ जनालाई पहेँलो कार्ड र ६ जनालाई सेतो कार्ड दिइएको
 थियोे।
त्यस्तै वडा नम्बर ७ मा १३३ जनाको चेकजाँच गरेकोमा ११ जनालाई रातो कार्ड ,३० जनालाई निलो कार्ड ,५ जनालाई पहेँलो कार्ड र ५ जनालाई सेतो कार्ड दिइएको थियो।
कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि ,फिजियो थेरापी र मानसिक अपांगता भएकालाई सेवा प्रदान गरिएको करुणा फाउन्डेसन पालिका संयोजक अन्जना लामिछानेले बताइन् ।
उनका अनुसार रास्टिय जनगणना अनुसार १५२८ जना अपांगता भएको देखिएकोमा पालिकामा खतिएका अपांगता पहिचान समन्वय कर्ताले घरघर पुगेर गरेको संकलन विवरण अनुसार १०५९ मात्र भेटिएकोमा शिविरमा चेकजाँच र कार्ड लिन आउनेको संख्या भने  ८३० मात्र पुगेको थियो ।
गाउँपालिका सूचना अधिकारी एवं प्रशासन प्रमुख केशव  मैनालीका अनुसार गाउँपालिकाको रेकर्डमा शिविर संचालन
गर्नु भन्दा पहिले देखीनै कार्ड लिनेको संख्या भने ९१५ रहेको छ ।
सातदिन सम्म संचालित शिविरमा   गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष, , सबै वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु, करूणा फाउन्डेसनका प्रतिनिधि , गाउँपालिका कर्मचारी , संबंधित बिज्ञहरुको टोलि लगायत सञ्चार कर्मीहरुको साथ र सहयोगमा शिविर उपलब्धि मुलक रूपमा सम्पन्न भएको पालिकाले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार