एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको जानकारी प्राप्त भएको छ। घटनामा जीवित उद्धार भएका व्यक्तिहरूको संख्या दुई रहेको छ।
जीजू एयरको विमानमा १८१ जना सवार थिए। विमान बैंककबाट दक्षिण कोरिया आइरहेको थियो र अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलमा जहाजको चक्का बाहिर ननिस्किएको कारण विमान धावनमार्गमा चिप्लिएको देखिन्छ। दुर्घटनाका कारण चरा ठोक्किनु र खराब मौसम हुन सक्ने अनुमान गरिएको छ।
अग्नि सुरक्षा एजेन्सीले घटनाका पीडितहरूसँग माफी माग्दै सबै सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। दुर्घटनाको विस्तृत छानबिन जारी छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
2
+1