इलाममा एक दुखद घटना भएको छ, जहाँ ४६ वर्षीया गोमा लिम्बूले ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन्।
आइतबार बिहान ११ बजे माई नगरपालिका-२ डाँडागाउँ स्थित घरमा उनले यो कृत्य गरेको पाइएको हो। उनी जन्डिसको बिरामी रहेको जनाइएको छ, तर आत्महत्या गर्नुको वास्तविक कारण अझै खुल्न सकेको छैन।
दिउँसो ३ः५० बजे प्रहरी चौकी दानावारिमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
2
+1