गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व भव्यता र उल्लासका साथ मनाउँदैछन्।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ र गुरुङ समुदायले नयाँ वर्षको रूपमा यसलाई उत्सवका रूपमा मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले यस दिनलाई वर्ष परिवर्तनको रूपमा चिनिन्छ। पर्वको महत्व सूर्यको तापको परिवर्तनसँग जोडिएको छ, जुन लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत जस्ता गुरुङ बाहुल्य क्षेत्रहरूमा पुस महिनामा पहिले पर्छ।
यस दिनलाई विशेष महत्त्व दिइन्छ किनकि पुस १५ गतेको रात सबैभन्दा लामो हुन्छ र त्यसपछि रात छोटो हुँदै जान्छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ र गुरुङ समुदायले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेका छन्।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1