हल्दिबारीमा जारी दोस्रो भेलागढी महोत्सवमा भोलि नेपालको चर्चित मन्त्र व्याण्डको प्रस्तृती रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सन 2024 को अन्तिम दिन झापाको पर्यटकीय क्षेत्र भेलागढी सिमसारमा व्याण्डले धमका दिने छ । यहि पौष ११ गतेबाट संचालन भएको महोत्सवबाट आन्तरिक पर्यटनलाई टेवा पुग्ने बिश्वास लिइएको छ ।
भेलागढी सिमसारमा हल्दिबारी गाउँपालिका र प्रदेश सरकारबाट करिब ९ करोड खर्च गरिसकेको छ । महोत्सवमा दर्सकलाई मनोरञ्जन दिन नेपालका ख्यातिप्राप्त कलाकारहरु आउने छ्न । भोलि २०२४ को अन्तिम दिन बेलुकी मन्त्र व्याण्डले त्यहाँ पुगेका दर्सकको अपार माया र साथ पाउने आयोजकका रोहित ओलीले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
1
+1
+1
+1