झापा । झापाको बिर्तामोड नगरपालिका, वार्ड नं. ७, मियाबाडीमा आज बिहान ३:३० बजे विद्युत सर्टका कारणले धान मिलमा आगलागी भएको छ।
लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगो सल्किएपछि बाँधिएका गाई, बाछा, र बाख्रा जलेर मरेका छन् । साथै, मिलमा प्रयोग हुने उपकरणहरू, धान, र अन्य सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
बिर्तामोड ७ का अध्यक्ष अविरल कृष्ण खरेलका अनुसार, यो घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिर्तामोड नगरपालिकाको दमकल, गारामुनी प्रहरी चौकी, र स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
5
+1