मोरङ, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार, चन्द्रकला लिम्बू सोमवार बिहान घाँस दाउराका लागि जङ्गल गएकी थिइन्। साँझसम्म घर नफर्केपछि परिवार र स्थानियले खोजी गर्दा मङ्गलबार बिहान ६ बजेतिर खोल्सीको किनारमा मृत अवस्थामा उनको शव फेला परेको थियो।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीको टोलीले लिम्बूको शव उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाएको छ।
यसअघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ की ४० वर्षीया गङ्गामाया मगर (श्रेष्ठ) पनि जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
2
+1