सर्लाही । सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको निधन भएको छ। बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि गएराति पौने ९ बजेतिर भएको दुर्घटनामा ड्युटीमा रहेका तुलाधरलाई बसले थिचेको थियो।
बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस छतौनाबाट काठमाडौं आउँदै गर्दा अनियन्त्रित भएर पल्टिएको थियो। गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो, जहाँ राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बसमा सवार अन्य यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
1
+1