झापामा १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतका एकजना पुरुष पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीमा डेरा गरी बस्दै आएका पश्चिम बंगाल, हाँसीमाराका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार, ती किशोरीमाथि शुक्रबार साँझ बलात्कार भएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार