हल्दिबारी, १९ पुष । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं साधारण सभा अन्तर्गत चन्द्रगढी, मंगलबारे, बनियानी र सोमबारे सेवा केन्द्रहरुको इकाइगत साधारण सभा संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालको अध्यक्षतामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति झापाको सभाहलमा सम्पन्न साधारणसभामा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष भवनाी प्रसाद दंगाल, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका सहायक प्रवन्धक सरोज दाहाल र ऋण उप समितिको प्रतिवेदन समितिका संयाजक तुलसीराम गौतमले प्रस्तुत गर्नु भएको थियो ।
झापा, मोरङ्ग र इलाम जिल्लाका २२ पालिका र ३१ सेवा केन्द्र मार्फत सेवा दिदै आएको संस्थामा ३७ हजार ९ सय ६७ जना शेयर सदस्यहरु ८ हजार १ सय ४२ जना बाल बचत कर्ता, ६ हजार ४ सय ४ जना ऋणी सदस्य उल्लेख छ भने संस्थाकाे सेयर पुँजी १८ कराेड ४० लाख २९ हजार १ सय प्रतिवेदनमा उल्लेख गरिउकाे छ ।
संस्थाले ४६ करोड २ लाख ७० हजार ६ सय ३ रुपैया १४ पैसा वार्ह्य ऋण लिउको उल्लेख छ भने ३१ कराेड ७० लाख ८८ हजार ४ सय २२ रुपैया ३५ पैसा आर्थिक वर्ष आम्दानी गरेको उल्लेख छ । त्यसै गरि २०८१ को मसान्त सम्ममा १ अर्व ८९ करो८ ९४ लाख ८४ हजार ७ सय ३७ रुपैया ४६ पैसा ऋण लगानी गरेको अध्यक्ष दंगालको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै १ अर्व ७९ करोड १६ लाख ६७ हजार ४ सय २० रुपैया ११ पैसा लगानीमा रहेकाे रकम मध्ये असल ऋणको रुपमा राखिएको छ । त्यस्तै ३ करोड ८९ लाख ४७ हजार ३ सय ७० रुपैया १ पैसा संकास्पद ऋण र ६ करोड ८८ लाख ६९ हजार ९ सय ४७ रुपैया ३४ पैसा खराब ऋणा सुचीमा उल्लेख गरिएको छ ।
उक्त साधारण सभामा शेयर सदस्यहरुले उठाएका प्रस्नहरुको जवफ दिदै अध्यक्ष दंगालले अरुबाट ऋण लिएर ऋण लगानी गरेको संस्था जवाफदेही हिसावले अगाडी बढेको र समयमा ऋण लिनेहरुले ऋण तिर्न समेत अनुरोध गरेका थिए । हजारौ शेयर सदस्यहरुको लगानीमा संचालीत संस्था शेयर सदस्यहरु प्रति जवाफदेही रहेको बताउदै केही अराजक तत्वहरुले खाएको ऋण नतिर्न आतंक मच्चाए पनि उनिहरु अहिले पछी हट्दै गएको जिकिर गरेका छन् । संस्था दिन प्रतिदिन अगाडी बढी रहेको अवस्थामा लगानी गरेको रकम नडुव्ने बताउँदै होहल्लामा नलाग्न समेत आवह्वान गरेका थिए ।
संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत तथा साधारणा सभाको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण संस्थाका सहायक प्रवन्धक सरोज दाहालको रहेको थियो ।