राजगढ,२० पौष । जन्मदिनको उपलक्ष्यमा राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका प्रोपाइटर पदमलाल राजवंशीले एक दिने निशुल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा शिविरको आयोजना गर्नु भएको छ ।

बाह्रदशी गाउँपालिका – ३ राजगढ बजारमा २०७३ देखी संचालनमा आएको पोलिक्लिनक त्यहाका स्वास्थ सेवा दिने संस्थाहरुमा अब्बल रहेको निवर्तमान वडा अध्यक्ष बिरेन्द्र प्रसाद राजवंशी बताउँछन् ।
पोलिक्लिनकका प्रोपाइटर पदमलाल राजवंशीका अनुसार शिविरमा हार्ड तथा नशा रोग विशेषज्ञ  डाक्टर प्रवीन तिम्सिना ,बालरोग विशेषज्ञ डाक्टर केशव कुमार मण्डल र फेमेली फिजिसियर डाक्टर पोषणरमण  त्रिपाठीले बिरामीको चेकजाँच गर्नु भएको थियोे ।
उनका अनुसार शिविरमा चेकजाँच गरेका बिरामीहरुलाई निशुल्क रूपमा औषधि वितरण गर्नुका साथै भिडियो एक्सरे , एक्सरे र ल्याव सेवामा ५० प्रतिशत छुटको समेत व्यवस्था मिलाए थियो ।
सामाजिक  गतिविधिमा निकै सक्रिय राजवंशीले प्रत्येक वर्ष स्वास्थ्य शिविरको आयोजना गरेर आफ्नो जन्मदिन मनाउदै आएका छ्न भने शिविरमा ८०/९० प्रकारका औषधि निशुल्क वितरण गरिएको थियोे भने करिब ३ लाख खर्च हुने जानकारी प्राप्त भएको छ । शिविरमा २ सय जनाले सेवा लिएका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार