बुधबारे । बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।आज भएको उपाधि भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले बताएका छन् ।

च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको दोस्रो हाफमा बुद्धशान्ति १ का भरपर्दा डिफेन्डर पवन परियारले रेड कार्ड पाएपछि मैदान छोडेको मौकालाई सदुपयोग गर्दै लिम्बुले एक मात्र गोल गरेका थिए । १० जना खेलाडीमा सिमित बुद्धशान्ति १ ले धेरै नै अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।

प्रतियोगिताको च्याम्पियन बनेसङ्गै बुद्धशान्ति ३ ले नगद ३० हजार रुपैयाँ , ट्रफी , मेडल प्राप्त गर्यो भने उपबिजेतामा सिमित डिफेन्डिङ च्याम्पियन वडा १ ले २० हजार रुपैयाँमा चित्त बुझाउन पुग्यो ।

प्रतियोगितामा उदयमान खेलाडी युवस तामाङ्ग, सर्बोउत्कृष्ट बिजय लिम्बू, गोल रक्षक रिजन ल्वागुन, डिफेन्डर भुपाल मगर,मिडफिल्डर पुजन थापा, उच्च गोलकर्ता जेनिथ बराल र कोच मिलन मुखिया घोषित हुँदै पुरष्कृत भए । उनीहरुलाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडाध्यक्षहरु अनिल वाग्ले, शेर बहादुर राय, शिवराज पौडेल, चन्द्र भण्डारी, आयोजक समितिका अध्यक्ष बाल कुमार राईले पुरष्कृत गरे।

यसअघि सेमिफाइनलमा वडा नम्बर २ लाई पाखा लगाउँदै वडा नम्बर ३ र ६ लाई पराजित गर्दै १ ले उपाधिका भिडन्त तय गरेका थिए । पालिका स्तरीय टिम निर्माण साथै युवालाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता संचालन गरिएको बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक चेम्जोङले बताए । बुद्धशान्ति खेलकुद समिति बुद्धशान्ति १को आयोजनामा भएको खेलको बुद्धशान्ति गाउँपालिकाले मुख्य प्रायोजन गरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार