झापा, २१ पुष । सशस्त्र प्रहरी बल, नेपालले सीमावासी जनतासँगको सहकार्यलाई प्रवर्द्धन गर्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसैअन्तर्गत, झापाको भद्रपुर नगरपालिका वडा नं. २ र ३ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थल “किचकवध” को बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखेल, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, स्थानीय वडाध्यक्षहरू, नेपाल प्रहरी, नगर प्रहरी, सगरमाथा युवा क्लबका सदस्य, र स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी उपरीक्षक राईले धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिक सहकार्यको महत्व, र आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिकाको महत्त्वमा प्रकाश पार्नुभयो। साथै, सरसफाई सामग्री हस्तान्तरण गर्दै उहाँले सशस्त्र प्रहरी बलले सदैव सीमावासी जनताको हितका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरप्रमुख गणेश पोखेलले धार्मिक स्थलहरूको संरक्षणलाई सांस्कृतिक दायित्वका रूपमा लिँदै किचकवध सरसफाई अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदायको सहकार्यले सीमा क्षेत्रको विकास र सुरक्षा सुनिश्चित हुने धारणा समेत व्यक्त गर्नुभयो।

यस कार्यक्रमले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय र सशस्त्र प्रहरी बलको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार