अर्जुन कार्की – 

मेचीनगर, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत आज धुलाबारी स्थित अतिथि सदनमा क्षेत्रिय समितिले आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले अबको ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने र साथिहरुलाई चुनाव लड्नका लागि तयारी रहन अनुरोध गरेका छन् ।

०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ – 

‘०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ’, झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका शर्माले भने–‘अबको मिसन हिमालको चुचुरो र राजनीतिकको चुचुरो पुग्ने कोशिस गर्नेछु ।

०८४ का लागि भोट माग्ने होइन, पहिला भोट दिएकाहरुको ऋण तिर्नेमा लागिरहेको छु ।’

हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा

भर्खरै हिमालको बेस क्याम्प पुगेका सांसद शर्माले हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा रहेको बताए ।

५० वटा जति योजना ल्याए –

सांसद शर्माले झापा क्षेत्र नं. १ मा करिव ५० वटा जति योजनाहरुको बजेट ल्याएर काम भइरहेको बताए ।

उनका अनुसार कुनै सकिए, कुनै अधुरो र कुनै धमाधम काम भइरहेको छ ।

दुई कार्यकाल मात्र प्रधानमन्त्री –

समग्रमा देश विकास नहुनुमा स्थिर सरकार नभएका कारण भएको बताउँदै उनले स्थिर सरकारका लागि दुई कार्यकाल मात्र प्रधानमन्त्री रहन पाउने गरिको संविधान शंसोधन गर्नु पर्ने बताए ।

उनले भने–‘विदेशी नियमको व्याख्या गरेका छन् । पपुलर र प्रत्यक्षमा धेरै सिट ल्याउने पहिलो दललाई अपुग अर्थात केहि रहेका सिट दिने र पहिलो दलको प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउने ।

प्रधानमन्त्रीले २ वर्षमा विश्वासको मत लिने । नियमको दश वटा इन्डिकेटर पुरा गरे ।

विश्वासको मत पाउने र पाँच वर्ष सरकार चलाउन सक्ने हुनु पर्छ ।’

सहकारी ठग्नेलाई कानूनले छाड्दैन –

उनले सहकारी ठग्ने जो कोहिलाई कानूनले नछाड्ने बताए । उनका अनुसार विश्वप्रकाशले गल्ती गरे वा भ्रष्टाचार गरे जुलुश लाउने होइन कानूनले दण्ड दिन्छ ।

चुनाव जितेपछि हरेक महिना झापा क्षेत्र नं. १ आएका उनले ०८१ सालसम्म महिनामा एकचोटी आउने र ०८२ सालदेखि दुई महिनामा एकचोटी झापा आउने सुनाए ।

कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश समिति सदस्यद्वय विमल आचार्य, शोभा नेम्बाङ, महासमिति सदस्य राम कट्टेल, झापाका सभापति देउमान थेवे, नगर सभापति सुदय पनेरु, बुद्वशान्ति गाउँपालिका–४ का वडाध्यक्ष एवम् कांग्रेस वडा सभापति शेरबहादुर रायाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कांग्रेस क्षेत्रिय समिति झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीले भेलाको औचित्यमाथि प्रकाशसहित अध्यक्षता गरेको कार्यक्रमको स्वागत उपसभापति सन्तोष न्यौपानेले र सञ्चालन सचिवद्वय गुणराज भट्टराई (राजन) र सुरेन्द्र बुढाथोकीले संयुक्त रुपमा गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार