झापा, २२ पुष । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सोमबार काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।
काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३, कल साइन ९एन-एजेएस, को दायाँ इञ्जिनमा समस्या देखिएपछि बिहान सवा ११ बजे जहाजलाई काठमाडौं डाइभर्ट गरिएको हो।
बुद्ध एयरका अनुसार जहाजले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ र हाल प्राविधिक टोलीले जहाजको थप जाँच गरिरहेको छ। यात्रुहरूलाई अर्को जहाजमार्फत भद्रपुर पठाइएको जानकारी पनि एयरलाइन्सले दिएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजले १०:३८ मा आकस्मिक अवतरणको माग गरेपछि अन्य जहाजलाई आकाशमा होल्ड गराइएको थियो। आकस्मिक अवतरणपछि विमानस्थलमा उडान सञ्चालन सामान्य अवस्थामा फर्किएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
2
+1